बेसार र अदुवा उत्पादन गर्नका लागी विउ वितरण

बैतडी- बैतडीको शिवनाथ गाउँपालिका वडा न ६ ले बेसार र अदुवा उत्पादन तर्फ किसानलाई आकर्षित गर्नका लागी विउ वितरण गरेकोे छ ।गाउँपालिकाको वडा न—६ को बसेडी भ्वाकोे चर्चुला टोलमा ११ जना किसानहरुलाई ५० किलोका दरले अदुवाको विउ वितरण गरेको वडा अधयक्ष भरत राम पार्की बताए । वडा कार्यालयले किसानहरुलाई व्यावसायिक उत्पादनमा जोड दिनका लागि बेसार र अदुवाको बीउ उपलब्ध गराएको अध्यक्ष पार्कीले बताए ।
मकै, कोदो,तोरी, जौ, गहुँलगायत बाली वन्यजन्तुले वर्षौंदेखि नोक्सान गर्न थालेपछि किसानहरुलाई वैकल्पिक खेतीका रुपमा अदुवा, र बेसार खेती शुरु गरिने उनले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.