बैतडी : शहिद तथा बेपत्ता पारीएका व्यक्तिका परिवारलाई पाटन नगरपालिकाद्वारा सम्मान

बैतडीको पाटन नगरपालिकाले शहिद तथा बेपत्ता भएका ब्यक्तिका परिवारलाई सम्मान गरेको छ । बुधबार नगरपालिकाले विभिन्न राजनितिक परिर्वतनका क्रममा शहिद तथा बेपत्ता भएका व्यक्तिका परिवारका सदस्यलाई सम्मान गरेको हो । जिल्ला प्रशासन कार्यालय बैतडी र बेपत्ता छानबिन आयोगबाट प्राप्त नामावलीका आधारमा सम्मान गरिएको नगरप्रमुख गौरी सिंह रावलले जानकारी दिए ।

बेपत्ता छानविन आयोग र जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्राप्त नामावलीमध्ये १५ व्यक्तिहरुका शहिद तथा बेपत्ता पारीएका परिवारका सदस्यहरुलाई दोसल्ला प्रमाणपत्र र नगद ५ हजार सहित सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रशाद भट्टले जानकारी दिए ।

यस्तै उनीहरुलाई कम्बल र झोला पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले शहिद तथा बेपत्ता पारीएका व्यक्तिहरुका परिवारलाई सम्मान कार्यक्रम चालु आर्थिक बर्षको नगरसभाका स्वीकृत गरेको थियो ।

Leave A Reply

Your email address will not be published.