भोलेनाथ समर्पित हाकिमसावको कविता ‘ प्राणनाथ दुख्छ नी ‘

प्राणनाथ दुख्छ नी
मुटु दुख्छ , मन दुख्छ , शरिर दुख्छ
तिम्रो कारणले
तिमीले चाहेर
तिम्रो खुशीको लागि
तिम्रो आनन्दको लागि
तिम्रो नाटकको लागि
पटक पटक
हर समय
हर पल
तिम्रै हातबाट
हृदय पनि
टुट्छ , दुख्छ, फुट्छ , चक्नाचुर हुन्छ !
हे प्राणनाथ
हे मेरो भोलेनाथ
मेरो हृदय टुट्दा
मेरो मन फाट्दा
मेरो शरीर दुख्दा
तिमी आनन्दित हुन्छौ भने
तिमी मनोरञ्जन गर्छौ भने
तिमी प्रफुल्लित हुन्छौ भने!
तिमीले आफ्नालागि
तिमीले आफ्नाहरुका लागि
तिमीबाट सिर्जित भएको
तिमीले ‘म’ भरेर पुर्ण गरेको
तिमीनै तिमी द्वारा
तिम्रा द्वारा
यो देह , यो हृदय, यो मन
फुटाउ , टुक्राउ , चक्नाचुर गर
मलाई स्वीकार छ !
हे प्राणनाथ
तिमीले सिर्जना गरेको ब्रह्माण्डमा
साढे चार अर्ब आयु बाँकी रहेको यो पृथ्वी
केवल ३० वर्ष आयु बाँकी रहेको मेरो देह
कहिल्यै नमर्ने तिम्रो स्वरुप ‘म’
केवल तिम्रो लिला मात्र थियो भने
फुटाउ , टुक्राउ , चक्नाचुर गर
प्राणनाथ मलाई स्वीकार छ !

हे प्राणनाथ
तिमी स्वार्थी रहेछौं
तिम्रो प्रेम स्वरुपबाट निस्किने प्रकास
अनुभुत गर्नै नसक्ने
दृष्टी लगाउनै नसक्ने
निर्मल, निर्बल तिम्रो ‘म’ बसेको हृदयमा
विध्वंसको विश्वरुप देखायौ
मलाई स्वीकार छ !

प्राणनाथ
नरश्वर धारण गरेको
मेरो ‘म’ को
तिमीले परीक्षा लिएको भए
म फेल भए
म असफल भए
तिम्रो ब्रह्माण्डमा
तिम्रो सृष्टीमा
तिमी बाहेक सब फेल हुँन,
सब असफल हुँन
म पनि भए
मलाई स्वीकार छ!

हे प्राणनाथ
म जे भए
म जस्तो भए
तिम्रो कारणले भए
तिम्रो लागि भए
देह भित्र ‘म’ बनेर तिमी सवार थियौँ
त्यसैले म तिम्रो भए
मलाई प्रेम गर
शरण देउ
मुक्त गर

Leave A Reply

Your email address will not be published.