अनेरास्वबियू मणिलेक बहुमुखि क्याम्पसको अभिमुखिकरण कार्यक्रम सम्पन्न

बैतडी-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्वबियू) मणिलेक बहुमुखि क्याम्पसको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार एक कार्यक्रमका बिच एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको अनेरास्वबियू प्रारम्भीक कमिटि अध्यक्ष धनिदत्त भट्टले बताए।

मणिलेक बहुमुखि क्याम्पस अनेरास्वबियू प्रारम्भीक कमिटिको आयोजनामा स्वबियू निर्बाचन लक्षीत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएका हो। कार्यक्रममा स्वभियू निर्बाचनलाई कसरि सम्पन्न गर्ने र आफ्नो सगंठनलाई कसरि निर्बाचित गराउने भन्ने बिषयमा छलफल गरिएको थियो।

क्याम्पसको चौतर्फि बिकासका लागि अनेरास्वबियू सधै प्रतिबद्ध रहने अनेरास्वबियू प्रारम्भीक कमिटि अध्यक्ष भट्टले बताए। स्वभियू निर्बाचनमा आफ्नो संगठनलाई सहयोग गरि निर्बाचित गराईदिन सबै बिद्यार्थीलाई उनले अनुरोध गरे।

कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख भवानि सिह नायक, बिशिष्ट अतिथिमा अनेरास्वबियूका पुर्ब जिल्ला कमिटि अध्यक्ष बलभद्र दयाल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य जगदिश सिह नायक, जिल्ला कमिटि सदस्य भिमदत्त भट्ट र अनेरास्वबियूका बिद्यार्थी नेता तपेन्द्र सिह बिष्ट लगायत अनेरास्वबियूका नेता तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।

अभिमुखिकरण कार्यक्रम अनेरास्वबियू प्रारम्भीक कमिटि अध्यक्ष धनिदत्त भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave A Reply

Your email address will not be published.