मेलौलीको एक पसलमा आगलागी, करिब १२ लाख बराबरको क्षति

बैतडी-मेलौलीको एक पसलमा आगलागी भएको छ। मेलौली नगरपालीका–०७ हरिपुर बजार नजिकै कुमारी बैंकको अगाढी रहेको कृष्ण सिह भण्डारीको पसल न्यू सोलार ट्रेडर्समा आगलागि भएको हो।

शुक्रबार राति ०८ः५० बजेतिर बिद्युत सट भई आगलागि भएको ईलाका प्रहरी कार्यालय तस्वदेहि मेलौलीले जानकारी दिएको छ। आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट पसलमा भएका सबै समान जलेर नष्ट भएका छन। आगलागी भएको थाहा पाउने बित्तिकै प्रहरीलाई खबर गरिएको थियो। प्रहरी र स्थानियहरुको सहयोगमा आगो करिब २० मिनेट पछि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

पसल सञ्चालक भण्डारीले राहतको लागि प्रहरीमा निबेदन दिएको ईलाका प्रहरी कार्यालय तस्वदेहि मेलौलीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.