अनेरास्वबियु (क्रान्तिकारी) मणिलेक बहुमुखि क्याम्पसको अभिमुखिकरण कार्यक्रम सम्पन्न

बैतडी-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्त्रिकारी) मणिलेक बहुमुखि क्याम्पसको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आईतबार एक कार्यक्रमका बिच एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

स्वबियू चुनाबलाई लक्षीत गरि अभिमुखिकरण कार्यक्रम सम्पन्न अनेरास्वबियू (क्रान्तिकारी) मणिलेक बहुमुखि क्याम्पस कमिटि अध्यक्ष साबित्रि पार्किले बताए। कार्यक्रममा स्वभियू निर्बाचनलाई कसरि सम्पन्न गर्ने र आफ्नो सगंठनलाई कसरि निर्बाचित गराउने भन्ने बिषयमा छलफल उनले बताउनुभयो।

क्याम्पसको चौतर्फि बिकासका लागि अनेरास्वबियू (क्रान्तिकारी) सधै प्रतिबद्ध रहने क्याम्पस कमिटि अध्यक्ष पार्किल बताए। स्वभियू निर्बाचनमा आफ्नो संगठनलाई सहयोग गरि निर्बाचित गराईदिन सबै बिद्यार्थीलाई उनले अनुरोध गरे।

कार्यक्रममा प्रमुख अतिथि नेकपा माओबादी केन्द्र प्रदेश कमिटि अध्यक्ष भिम बहादुर चन्द, बिशिष्ट अतिथि क्याम्पस प्रमुख भवानि सिह नायक, नेकपा माओबादी केन्द्र मेलौली नगर कमिटि अध्यक्ष पदम दयाल, नेकपा माओबादी केन्द्र जिल्ला कमिटि सदस्य लोकमणि भट्ट, अनेरास्वबियू (क्रान्तिकारी)का बिद्यार्थी नेता रामचन्द्र भट्ट लगायत अनेरास्वबियू (क्रान्तिकारी)का नेता तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।

अभिमुखिकरण कार्यक्रम अनेरास्वबियू (क्रान्तिकारी) मणिलेक बहुमुखि क्याम्पस कमिटि अध्यक्ष साबित्रि पार्किले अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave A Reply

Your email address will not be published.