बैतडी–नेपाल बिद्यार्थी सघं (नेबिसघं) मणिलेक बहुमुखि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनाब लक्षीत बैकठ सम्पन्न सम्पन्न भएको छ। मंगलबार नेबिसंघ क्याम्पस ईकाई सभापति निरज भट्टको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।
स्वभियू निर्बाचनलाई कसरि सम्पन्न गर्ने र आफ्नो सगंठनलाई कसरि निर्बाचित गराउने भन्ने बिषयमा छलफल भएको नेबिसंघ जिल्ला सदस्य प्रेम बहादुर चन्दले बताए। यसैगरि बैठकबाट स्वबियू निर्बाचनका लागि नेबिसंघबाट उम्मेदवारको टुङ्गो पनि लगाइएको उनले बताए।
मणिलेक बहुमुखि क्याम्पसको स्वबिय सभापतिका लागि नेबिसंघबाट नबराज भट्टलाई सर्बसम्मत रुपमा उम्मेदवार घोषणा गरिएको चन्दले बताए। सचिवमा निरज भट्ट, कोषाध्यक्षमा शुसिला नेगि, सदस्यहरुमा अञ्जना चन्द, सुनिल भट्ट र पुजा चन्दलाई उम्मेदवार बनाईएको छ।
समानुपातिक तर्फ रमेश ठगुन्ना, दिनेश साउद, मनोज दत्त ओझा, दुरा भट्ट र प्रेमदत्त कलौनिलाई उम्मेदवार बनाईएको छ। स्वभियू निर्बाचनमा आफ्नो संगठनलाई सहयोग गरि निर्बाचित गराईदिन सबै बिद्यार्थीलाई नेबिसंघले अनुरोध गरेको छ।