बैतडी-लोक तथा दोहरि गायक धर्मेन्द्र मल्लको नयाँ दोहरि गित “कसम अब माया लाउँदिन” सार्बजनिक भएको छ। डडेल्धुराको अजयमेरु गाउँपालिका–०६ राजुल घर भएका मल्लको गित बुधबार गोपाल दयालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
बि आर ईसिका म्यूजिक मार्फत गितको अडियो सार्बजनिक भएको हो। गितमा गायक धर्मेन्द्र मल्ल र संगिता मल्लले आवाज दिएका छन। गायक मल्लको लय तथा शब्द रहेको गित म्यूजिक प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
गितलाई नारायण डगोंलले एरेन्ज गरेका हुन भने प्रेमदिप रायमाझिले ईडिट गरेका हुन। गितमा बिशेष सम्झना हिकमत मल्ललाई गरिएको छ। गित निमार्णमा रमेश चन्द, नरेन्द्र चन्द, दिपक औजि, करन चन्द, दिपेन्द्र मल्ल र लाल बहादुर मल्लले बिशेष सहयोग गरेको गायक मल्ले बताए।
गितलाई माया गरिदिन गायक मल्लले सबैमा आग्रह गरेका छ।
गित सुन्नको लागि तलको लिङ्कमा क्लीक गर्नुहोला ।