भाई बहिनिको माया प्रेम दर्शाउने देउडा गित ‘भेटौला चैतका मैना’ सार्वजनिक भएको छ। गायक भानुभक्त जोशीको शब्दमा ‘भेटौला चैतका मैना’ गीत सार्वजनिक भएको हो।
पछिल्लो समयमा सबैको मनमा बस्न सफल गायक सेरि औजि र बस्खेडाको आवाजमा रहेको गित भिडियो सहित सम्झना म्यूजिक फिल्मस्को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
अलिसा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितमा लय तथा संगीत रमेश धामी मायालुको रहेको छ। किशोर कुमार भण्डारीले गितको एरेन्ज गरेका हुन भने थापा कलम बिबेकले भिडियोक एडिट तथा निर्देशन गरेको गायक औजिले बताए।
भावुक शब्द समावेश गरिएको गीतमा भाईबहिनीबीचको सम्बन्धलाई दर्शाउन खोजेको छ। उदासी मैना भनेर चैत्र महिनालाइ लिने गरिन्छ। सुदूरपश्चिममा चैत महिनामा अनिवार्य बिहे गरेर अर्खाको घर गएकी दिदीबहिनीलाई कोसेली स्वरुपमा घरमा भेट्न जाने चलन रहेको छ। जसलाई स्थानीय भाषामा भेटौलो पर्ब पनि भन्ने गरिन्छ।
गित तथा भिडियोलाई माया गरिदिन गायक औजिले स्रोता तथा दर्शकहरुमा आग्रह गर्नु भएको छ।
भिडियो हेर्न तलको लिङ्कमा क्लीक गनुहोस्।