गंगेश्वर देबताको मन्दिरमा सामुहिक यज्ञ शिब पुराण लाग्ने

बैतडी-मेलौली नगरपालीका–०८ कोटिगाँउमा रहेको हिन्दु धर्मका आराध्यदेव शिवरुपी गंगेश्वर देबताको मन्दिरमा सामुहिक यज्ञ शिब पुराण लाग्ने भएको छ। चैत १ गतेका दिन गगेश्वर मन्दिर क्षेत्र ब्यवस्थापन समितिले एक सुचना जारि गर्दै उक्त जानकारी गराईएको हो।

गत बिगत बर्षदेखि नै गंगेश्वर देबताको मन्दिरमा सामुहिक यज्ञ शिब पुराण सञ्चालन गर्ने तयारि भएका कारण यस बर्ष सञ्चालन हुने जनाइएको हो। यज्ञ सञ्चालनको लागि उपयुक्त शुभ साईत हेरि समय अवधि निर्धारण गरिने र अहिले त्यसको तयारि भईरहेको गंगेश्वर मन्दिर क्षेत्र ब्यवस्थापन समितिले जनाएको छ।

आफ्नो क्षेत्रमा समाजिक सद्भाव, शान्ति स्थापना र पुण्य लाभका लागि सामुहिक यज्ञ शिब पुराण सञ्चालन गरिने गंगेश्वर देबताका मुखिया शम्भु सिह बिष्टले बताए। यज्ञ सञ्चालनको लागि धार्मिक आस्थावान श्रद्धालु माहानभावहरुलाई स्वऐच्छिक रुपले आर्थिक भौतिक लगायतको आवश्यक श्रोत साधन सकंलनको लागि सहयोग गरिदिन मन्दिर ब्यवस्थापन समितिले आग्रह गरेको छ।

गंगेश्वर मन्दिर क्षेत्रका करियाहरुबाट प्रति परिवार एक हजार रुपैया भेटि स्वरुप सहयोग गरिदिन समेत आग्रह गरिएको छ। यो धार्मिक कार्यमा आर्थिक सहयोग गर्ने सहयोगि दाताहरुको अभिलेख तयार गर्ने र उत्कृष्ट सहयोगि दाताको शिलालेख निमार्ण गरिने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.