गायक औजिको देउडा गित “चैतका भेटौला मौना” सार्बजनिक

बैतडी–गायक प्रकाश औजिको नया गित सार्बजनिक भएको छ। दिदि भाईको माया प्रेम दर्शाउने देउडा गित चैतका भेटौला मौना सार्बजनिक भएको छ।

गितमा गायक औजिको आफ्नै स्वर, लय तथा शब्द रहेको छ। गितमा गायक औजिलाई चर्चित गायिका गौरि भट्टले स्वरमा साथ दिएकि छन।

देबताल दर्शन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गित देबताल दर्शन स्टुडियोको आधिकारीक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ। गितलाई गोपाल दयालले एरेन्ज गरेका छन भने प्रेमदिप रायमाझिले एडिट गरेका हुन।

भावुक शब्द समावेश गरिएको गीतमा भाईबहिनीबीचको सम्बन्धलाई दर्शाउन खोजेको छ। उदासी मैना भनेर चैत्र महिनालाइ लिने गरिन्छ। सुदूरपश्चिममा चैत महिनामा अनिवार्य बिहे गरेर अर्खाको घर गएकी दिदीबहिनीलाई कोसेली स्वरुपमा घरमा भेट्न जाने चलन रहेको छ। जसलाई स्थानीय भाषामा भेटौलो पर्ब पनि भन्ने गरिन्छ।

गितलाई माया गरिदिन गायक औजिलज्ञे स्रोता तथा दर्शकहरुमा आग्रह गर्नु भएको छ।

गित सुन्नको लागि तलको लिङ्कमा क्लीक गर्नुहोला ।

Leave A Reply

Your email address will not be published.