बैतडी-मेलौली नगरपालीका–०१ का युवाहरुले गोरेटो बाटो मर्मत गरेका छन। एफएम टोल देखि कोटेश्वर टोलसम्मको पाच सय मिटर आवत जावत गर्ने गोरेटो बाटो मर्मत गरेको स्थानिय समेत रहेका केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक मुकेशकान्त दयालले बताए।
आफ्नो गाउँ आफै बनाउ भन्ने कुराको आत्मसाथ गर्दै गाउका ९/१० जना युवाहरु मिलेर बाटो मर्मत गरेको स्वास्थ्यक्रमि एब् बाटो मर्मतमा खटिएका राजेन्द्रकान्त दयालले बताए। बस्तु भाउ तथा मान्छेहरुलाई र मोटर साईकल सगै एम्बुलेन्स आवज जावत गर्न सजिलो होस भनेर बाटो मर्मत गरेको उनले बताए।
युवाहरु मिलेर बिकास निमार्णका कार्य र सकारात्मक कार्यहरु गर्नुपर्छ भनेर बाटो मर्मत गरेको उनले बताए। शनिबारको दिन सबैको बिदा हुने भएकाले यो कार्य गरिएको जनाइएको छ।
अब आउदा दिनहरुमा पनि यस्तै समाजिक कार्य गर्दै जाने दयालले बताएका छन।