मेलौलीकि एक महिला सम्पर्क बिहीन, खोजि गरिदिन प्रहरीमा निबेदन

बैतडी-मेलौली एक महिला सम्पर्क बिहीन भएकि छिन। मेलौली नगरपालीका–०१ सिराडकि लक्ष्मी पोखरेल सम्पर्क बिहीन बनेकि पारिवारिक श्र्रोेतले जानकारी दिएको छ।

सोमबार बिहान ३ बजेतिर एक बर्षिया छोरालाई रुदै गरेको सुनेपछि उनको कोठामा गई हेर्दा लक्ष्मी त्यहा नभेटिएको देबर निराजन पोखरेलले बताए। भाउजु सम्पर्क बिहीन भएपछि खोजि कार्य गरिदिन भन्दै ईलाका प्रहरी कार्यालय मेलौलीमा निबेदन दर्ता गरेको पाखरेलले बताए।

सम्पर्क बिहीन बनेकि लक्ष्मीका एक पाच बर्षिय छोरि र एक बर्षिया छोरा रहेको उनले बताएका छन। श्रिमान राजेन्द्र पोखरेल रोजगारिको शिलशिलामा भारतको बेङलोरमा रहेको बताईएको छ।

घरमा कसैसगं झै–झगडा पनि नभएको र परिवार सग राम्रै सम्बन्ध भएको उनका देबर पोखरेलले बताए। माईतिघर मेलौली नगरपालीका–०१ रड्मा बसाडि र आफन्त सबैको घरमा खबर गर्दा पनि कतै सम्पर्कमा नआएको उनका श्रिमान राजेन्द्र पोखरेलले बताए।

७ बर्ष अगाढि बैबाहिक सम्बन्धमा बाधिएकि श्रिमति एक्कासि हराउदा घरपरिवार चिन्तामा रहेको श्रिमान पोखरेलले बताए। कसैले कहि कतै देखेमा खबर गरिदिन उनले आग्रह गरेका छन।

Leave A Reply

Your email address will not be published.