बैतडी-मणिलेक बहुमुखी क्याम्पस मेलौलीमा बक्तृत्वकला प्रतियोगिता हुने भएको छ। बुधबार क्याम्पसले एक सुचना जारि गर्दै बक्तृत्वकला प्रतियोगिता हुने जनाएको हो।
क्याम्पसको अतिरिक्त कृयाकलाप समितिको आयोजनामा यहि चैत ३० गते बिहान ०८ः३० बजे क्याम्पस परिसरमा प्रतियोगिता हुने क्याम्पस प्रमुख भवानि सिह नायकले बताए। उच्चशिक्षाको सान्द्रभिकता बिषयमा बक्तृत्वकला प्रतियोगिता हुने क्याम्पस प्रमुख नायकले बताए।
नयाँ बर्ष २०८० सालको शुभकामना आदान प्रदान कार्यक्रम सहित बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको अतिरिक्त कृयाकलाप समिति संयोजक भिम सिह धामिले बताए। प्रतियोगितामा क्याम्पसमा अध्यनरत बिद्यार्थीहरु मात्र सहभागि हुन पाउने उनले बताए।
प्रतियोगितामा सहभागि हुन चाहने बिद्यार्थीहरुले यहि चैत्र २८ गतेभित्र नाम दर्ता गराउन अनुरोध गरिएको छ।