न्यूनतम सेवा मापदण्डमा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पहिलो

बैतडी-मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र न्यूनतम सेवा मापदण्डमा मेलौलीकै पहिलो स्थानमा आएको छ। बिहीबार न्यूनतम सेवा मापदण्डको मुल्याकन अनुगमनमा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पहिलो स्थानमा आएको हो।

स्थानिय तह स्वास्थ्य तथा सरसफाई शाखाले गरेको मुल्याकंनका आधारमा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पहिलो बनेको प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक मुकेशकान्त दयालले बताए। न्यूनतम सेवा मापदण्डमा ४५१ सुचक रहेकोमा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले ३४७ सुचक पुरा गरि सेवा प्रबाह गरेको उनले बताए।

मेलौली नगरपालीका स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्द र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन तथा सञ्चालक समिति अध्यक्ष रामचन्द्र भट्टको नेतृत्वमा गरिएको मुल्याकंनमा स्वास्थ्य केन्द्रले ३७२ अकं ल्याई ९३.६ प्रतिशतका साथ पालिका भरिकै पहिलो बनेको जनाईएको छ।

तल्लो स्वराड क्षेत्रका तीन स्थानीय तहका नागरिकहरूलाई सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रले आउदा दिनहरुमा अझ सशक्त भएर सेवा प्रबाह गर्ने केन्द्रका जनस्वास्थ्य निरिक्षक दयालले बताए। प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारिको आफ्नो कर्म प्रतिको लगाबका कारण न्यूनतम सेवा मापदण्डमा पालिका भरिकै पहिलो बन्न सफल भएको उनले बताए।

तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सेवा प्रबाह गर्नमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै प्रति सञ्चालक समितिले धन्यबाद ज्ञापन गरेको छ।

Leave A Reply

Your email address will not be published.