बैतडी-मेलौली नगरपालिका–७ मा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रको उत्कृष्ट कर्मचारीमा लोकराज भट्ट छनोट भएका छन। स्वास्थ्य संचालन तथा ब्यवस्थापन समितिको सस्थागत कार्य सम्पादन तथा मुल्यांकनको आधारमा भट्टलाई उत्कृष्ट कर्मचारीको रुपमा छनोट गरिएको हो।
प्राथमिक स्वास्थ्य केन्द्रमा अहेबको रुपमा कार्यरत रहेका भट्टलाई यस बर्षको उत्कृष्ट कर्मचारीको रुपमा छनोट गरिएको प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक मुकेशकान्त दयालले बताए। भट्टको आफ्नो कार्य प्रतिको लगाबका कारण उत्कृष्ट कर्मचारीको रुपमा छनोट गरि सम्मान गरिएको उनले बताए।
आफुलाई उत्कृष्ट कर्मचारी छनोट गरेकोमा भट्टले स्वास्थ्य केन्द्रलाई धन्यबाद ज्ञापन गरेका छन। स्वास्थ्य केन्द्रले दिएको जिम्मेवारी आउदा दिनहरुमा अझ शसक्त र लगनशिल भएर बहन गर्ने भट्टले बताए। यो सम्मानले आफुलाई काम थप हौसला मिलेको उनले बताए।