बैतडी-मेलौलीमा सहयोगि सहजकर्ताहरुका लागि अन्तर ब्यक्ति संचार तथा सिप बिकास सम्बन्धि एकदिने दोस्रो समिक्षा बैठक सम्पन्न भएको छ। सामाजिक बिकास सचेतना समाज स्वदेश बैतडीद्धारा सञ्चालीत सुआहाराको आयोजनामा एकदिने बैठक शुक्रबार सम्पन्न भएको पालीका पोषण सहजकर्ता जन्तरा भट्टले जानकारी दिनभयो।
केहि महिना अगाढी पनि सञ्चालन गरिएको यहि तालिमले समाजमा के कति प्रगति भयो, अनुभब आदान प्रदान, बच्चालाई झाडापखाला लागेको बेलामा पुर्नजलीय झोलाका साथै जिंक चक्कि खुवाउने, स्वास्थ्य आमा समुहको बैठक सहयोगि सहजकर्ताको भुमिका बारेमा छलफल गरिएको पालिका पोषण सहजकर्ता भट्टले बताउनुभयो।
तालिममा मेलौली नगरपालीका भरिका सम्पूर्ण वडाहरुबाट महिला हरुको सहभागिता रहेको थियो। तालिममा सिकाईएका कुराहरुलाई अझ शशक्त हिसाबले आफ्नो वडामा लागु गर्न र कुपोशित बच्चाहरुको पहिचान गरि स्वास्थ्य संस्थासम्म पुर्याउनका लागि पहल गर्न सहभागिहरुलाई निर्देशन समेत दिइएको थियो।