मेलौली ६ ले वितरण गर्यो स्वयंसेविकालाई प्रोत्साहन भत्ता

बैतडी – बैतडीको मेलौली नगपालिका वडा नं ६ हतरङ्गाले वडामा काम गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविहरुलाई प्रोत्साहन भत्ता वितरण गरेको छ । आईतबार वडा कार्यालय मार्फत १० जना महिला स्वयंसेविकाहरुलाई ८ हजार ४ सय १५ नगद रकम हस्तान्तरण सहित सम्मान गरेको वडा अध्यक्ष तारा दत्त भट्टले जानकारी दिनुभयो ।

उनका अनुसार वर्षभरी खटेर काम गर्न अझ हौसला प्राप्त होस भनि सो रकम दिएको हो । आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेटबाटै ८४,१५० रुपैयाँ महिला स्वयंसेविका प्रोत्साहन भत्तामा छुट्टयाएर रकम दिएको हो ।नगरपालिकाबाट हुने सहयोग र सहकार्यका लागी सधैँ लागी पर्ने स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले बताए ।

महिला स्वास्थ्य स्वयंमसेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन । नागरिकका स्वास्थयका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने र स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न उनीहरूको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता दिईएको वडा अध्यक्ष तारा दत्त भट्टले बताए ।

वडाले प्रोत्साहन भत्ता उपलब्ध गराउँदा स्वास्थ्य स्वयंमसेविका धेरै खुशी भएका महिला स्वयंमसेविका लक्ष्मी पोखरेलले बताइन् । महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत कुरामा सहयोग गर्दै आइरहेका छन । नगरपालिका नौ वटै वडामा ७० जना महिला स्वास्थ्य स्वयंसेविका छन ।भने जिल्लाका १० वटै स्थानीय तहमा ८३१ महिला स्वास्थ्य स्वयंसेविका रहेको स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क छ ।

Leave A Reply

Your email address will not be published.