बैतडी-मेलौलीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका परिक्षार्थीको स्वास्थ्य परिक्षण गरिएको छ। मेलौली नगरपालीकाको आयोजनामा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीद्धारा हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य परिक्षण गरिएको हो।
मणिलेक माध्यमिक बिद्यालयको परिक्षा केन्द्रमा सहभागि परिक्षार्थीकोे परिक्षा अवधिभर स्वास्थ्य परिक्षण गरिएको केशरपुर प्राथमिक स्वास्थ्य केन्दका सि–अहेब प्रताप सिह नायकले बताए। परिक्षा अवधिभर ६५ जना परिक्षार्थीहरुले स्वास्थ्य चेकजाच गरेको उनले बताए।
मणिलेक माध्यमिक बिद्यालयको परिक्षा केन्द्रमा ६ बिद्यायलका १२६ छात्र र १५३ छात्रा गरि २७९ परिक्षार्थीहरु सहभागि भएका थिए। चैत्र १७ गतेबाट सञ्चालन भएको परिक्षा शान्तिपूर्ण बातावरणमा सम्पन्न भएको जनाईएको छ।
नगरपालीकाले मेलौलीका तिन ठाउमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिक्षा केन्द्र निर्धारण गरेको थियो। मणिलेक माध्यमिक बिद्यालय काँडा, दुर्गा माध्यमिक बिद्यालय खलिगाड र बिजयपुर माध्यमिक बिद्यालय तिताबैमा परिक्षा केन्द्र निर्धारण गरिएको थियो।
परिक्षा सञ्चालन अवधिभर नगरपालिकाले मदिरा बिक्रि बितरणमा समेत रोक लगाएको थियो।