कञ्चनपुरमा लागुऔषधसहित दुईजना युवक पक्राउ

कञ्चनपुर -कञ्चनपुरमा लागुऔषधसहित दुईजना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ति मगर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु।प।प्र।०१–००९ प ३०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई बेलौरी नगरपालिका–६ भुराकोटबाट खैरो हेरोईनसहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूको साथबाट अवैध लागुऔषध ९खैरो हेरोईन० १ ग्राम ४८ मिलिग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.