पाटन १मा वडा स्तरीय परिक्षाको नजिता आयो, उत्कृष्ट विद्यालय र विद्यार्थी पुरुष्कृत

बैतडी -बैतडीको पाटन नगरपालिका वडा नं १ ले वडाभित्र रहेका विद्यालयहरुको परिक्षाफल प्रकाशन गरेको छ । पहिलो पटक गरिएको वडा स्तरीय बार्षिक परिक्षाफल सन्तोशजनक रहेको वडा शिक्षा समितिले जनाएको छ ।
समितिको आज बसेको बैठकले वडाभित्रका उत्कृष्ट विद्यालय र विद्यार्थीहरुलाई पुरुस्कार तथा कदरपत्र दिने निर्णय गरेको वडाअध्यक्ष तर्कसिंह ठगुन्नाले बताए ।
वडाले कक्षा १ देखि ७ र कक्षा ९ को परीक्षा गरेर परिक्षाफल प्रकाशन गरेको हो । आज बसेको शिक्षा समिति बैठकले आगामी बैशाख ३देखी भर्ना ८ गते सम्म भर्ना, १० देखी १३ गते सम्म घरदैलो अभियान १४गते पुस्तक वितरण तथा १७गते देखी नियमीत पठनपाठन गर्ने निर्णय गरेको छ ।
यसैगरी बार्षिक शैक्षीक क्यालेण्डर निर्माण गरि बैशाख महिना देखीनै प्रयोगमा ल्याउने निर्णय गरिएको छ ।
वडा स्तरीय शिक्षा समितीले प्रकाशन गरेको परिक्षाफल अनुसार जनता आधारभूत विद्यालय पोखरी प्रथम भुवनेश्वर आधारभूत विद्यालय लदौली दोश्रो र कालिका आधारभूत विद्यालय तृतीय भएको छ । वडाले शैक्षीक गुणस्तर सुधारका लागि भन्दै वडा स्तरीय परिक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.