बैतडीमा मध्यरातमा जीप दुर्घटना ६ जनाको मृत्यु, ५ हाम फालेर बाच्न सफल

बैतडी -बैतडीको पाटन नगरपालिका-८ झौलेकमा जीप दुर्घटना हुदाँ ६ जनाको मृत्यू भएको छ ।  झुलाघाटबाट बझांगको बागथला तर्फ गैरहेको से १ ज ७६४ नम्बरको जीप राती ११बजे दुर्घटना प्रहरीले जनाएको छ ।
दुर्घटनामा जीपको पछाडी सवार ५ जना हाम फालेर बाच्न सफल भएको प्रहरीको भनाई छ । जीपमा चालक सहित १२जना रहेको बताइएको छ । चालक भने सम्पर्कमा छैनन् ।
प्रहरी उद्धारका लागी घटनास्थलमा खटिएको छ  । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.