बैतडीका लागि पुस्तक ढुवानी शुरु, ८६ हजार सेट आवश्यक

बैतडी -बैतडीमा ८६ हजार सेट पाठ्यपुस्तक आवस्यक रहेको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लागि ८६ हजार सेट हाराहारीमा पाठ्यप्स्तक आवस्यक रहेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुस्करराज शर्माले जानकारी दिए ।

सोमबार र मंगलबारसम्म बैतडीका पाठ्यपुस्तक ढुवानी हुने सूचना अधिकारी शर्माले दिए । ‘सोमबारबाट ढुवानी शुरु भइसकेको छ, मंगलबारसम्म पाठ्यपुस्तक पुग्छन्, बैतडीमा ८६ हजार सेट पाठ्यपुस्तक आवस्यक हुन्, सोही अनुसार ढुवानी भइरहेको छ,’ शर्माले भने ।

Leave A Reply

Your email address will not be published.