कुणा लिप्ट खानेपानि योजनाको काम तिब्र गतिमा अगाढी बढ्दै

बैतडी-कुणा लिप्ट खानेपानि योजनाको काम तिब्र गतिमा सञ्चालन भईरहेको छ। मेलौली नगरपालीका-०७ गाउँकोट स्थित कुणा लिप्ट खानेपानि योजनाको काम तिब्र गतिमा सञ्चालन भई अगाढि बढिरहेको खानेपानि योजना उपभोक्ता समिति अध्यक्ष बिरेन्द्र बहादुर चन्दले बताए।

गाउकोट गाउका करिब १३०/३२ घर-परिवार लाभान्बित हुने गरि खानेपानि योजनाको काम सञ्चालन भईरहेको खानेपानि योजना उपभोक्ता समिति सचिब दानि चन्दले बताए। गाउकोट गाउको करिब एक किलोमिटर तल कुणाबाट खानेपानिलाई लिप्ट मार्फत गाउका ल्याउने कार्य भईरहेको उनले बताए।

प्रदेश सरकारको आर्थिक बर्ष २०७९/०८० को बिनियोजित बजेटबाट निमार्ण भईरहेको खानेपानि योजन अढाई बर्षमा सम्पन्न गरिसक्ने लक्ष्य रहेको योजना उपभोक्ता समिति अध्यक्ष चन्दले बताए। केहि दिन अघि गाउकै जेष्ठ नागरिक रामि चन्दद्धारा उद्घाटन गरिएको लिप्ट खानेपानि योजनालाई आ-आफ्नो तह र तप्काबाट सम्पन्न गर्न सबैमा अनुरोध गरिएको छ।

खानेपानिको समस्यालाई मध्यनजर गरि लिप्ट मार्फत गाउमा खानेपानि आउने भएपछि स्थायिन हर्षित भएका छन।

Leave A Reply

Your email address will not be published.