बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका ८ कालागाँउका ३७ बर्षिय बाशुदेव जोशीको हत्या अभियुक्त पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका ८ तोली भन्ने ठाउँबाट सोमबार हत्या अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।
‘आज भर्खरै पक्राउ गरेका छौँ, उनि मृकतका आफन्त नै हुन्, अभियुक्तलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय लैजादै छौँ, पूर्ण विवरण पछि खोल्छौँ,’ उनले भने ।
बाशुदेव जोशीको शव शनिबार राती ८ बजेको समयमा घर नजिकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा फेला परेको थियो ।
मृतक जोशीको शव पनि आफन्लाई बुझाइएको छ ।