बैतडी-मेलौलीमा पछिल्लो समयमा मान्छे हराउने क्रम बढ्दो क्रममा रहेको छ। नयाँ बर्षको पहिलो सातामै मेलौलीका दुईजना फेरी सम्पर्क बिहीन भएका छन। मेलौली नगरपालीका-०७ काँणाका १५ बर्षिया सुमन सिह भाट सोमबार बिहान ११ बजेपछि सम्पर्क बिहीन भएको उनका बुवा चक्र सिंह भाटले बताए।
मणिलेक माध्यमिक बिद्यालय काँणामा कक्षा १० मा प्राबिधिक बिषयमा अध्यनरत सुमन ओजिटि गर्न गएपछि घर नफर्केको पारिवारिक श्रोतले जनाएको छ। छोरा सम्पर्क बिहीन भएपछि खोजि गरिदिन परिवारले प्रहरीमा निबेदन समेत दर्ता गरेका छन।
यसैगरि मेलौली नगरपालीका–०१ द्धारसैनिकी २२ बर्षिया अनिता दयाल पनि सम्पर्क बिहिन भएको पारिवारिक श्रोतले बताएकोे छ। यहि बैशाख २ गतेका दिन बिहान ८ बजे माईती घर मेलौली नगरपालिका–०७ पचकोरा जान्छु, भनि गएकी अनिता सम्पर्क बिहीन भएकी हुन।
बेलुका घर फर्किन्छु भनि माईत गएकि बुहारी सम्पर्क बिहीन रहेको ससुरा कृष्ण दयालले बताए। माईती घर र आफन्त सबैको घरमा खोजि गर्दापनि कतै सम्पर्कमा नरहेको उनले बताए।
सम्पर्क बिहीन अनिताका २ बर्षिय एक छोरा र ४ बर्षिय छोरी रहेका छन। बुहारी सम्पर्क बिहिन भएपछि खोजि गरिदिन परिवारले प्रहरीमा निबेदन दर्ता गराई सबैमा आग्रह गरिएको छ ।
पछिल्लो समयमा किशोरी तथा युवतीहरु बेपत्ता हुने क्रम बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांक अनुसार चालु आर्थिक बर्षमा अहिले सम्म बैतडीमा ५३ महिला बेपत्ता भएकोमा २५ जना फेला परेका छन। यस्तै ८ बालक हराएकोमा ३ जना फेला, १६ बालिका बेपत्ता भएकोमा ८ जना मात्र फेला, २ जना जेष्ठ नागरिक बेपत्ता भएकोमा १ जना फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
बेपत्ता भाएकाहरु मध्ये अझै ४२ जना फेला नपरेको प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
K vako cha yastto hamro melaulli ma kko karan haraun lagya xan ti machi haru khi pata lagaunus