बैतडी-हिजो एक्कासि सम्पर्क बिहीन भएका सुमन सिह भाट फेला परेका छन। मेलौली नगरपालीका–०७ काँणाका १५ बर्षिया भाट आज बिहान १० बजे आफै घरमा आएका हुन।
मणिलेक माध्यमिक बिद्यालय काँणामा कक्षा १० मा प्राबिधिक बिषयमा अध्यनरत सुमन ओजिटि गर्न गएपछि सम्पर्क बिहीन भएका थिए। काम बिशेषले शिबनाथ मन्दिरमा गएको र उतै बसेको भाटले बताए।
छोरा सम्पर्क बिहीन भएपछि खोजि गरिदिन परिवारले प्रहरीमा निबेदन समेत दर्ता थिए। सम्पर्क बिहीन भएको छोरा आफै घर आएपछि परिवार खुसि भएका छन।
यसैगरि यहि बैसाख २ गते मेलौली नगरपालीका–०१ द्धारसैनिकी २२ बर्षिया अनिता दयाल पनि सम्पर्क बिहिन भएको पारिवारिक श्रोतले बताएकोे छ। यहि बैशाख २ गतेका दिन बिहान ८ बजे माईती घर मेलौली नगरपालिका–०७ पचकोरा जान्छु, भनि गएकी अनिता सम्पर्क बिहीन भएकी हुन।
बेलुका घर फर्किन्छु भनि माईत गएकि बुहारी सम्पर्क बिहीन रहेको ससुरा कृष्ण दयालले बताए। माईती घर र आफन्त सबैको घरमा खोजि गर्दापनि कतै सम्पर्कमा नरहेको उनले बताए।
सम्पर्क बिहीन अनिताका २ बर्षिय एक छोरा र ४ बर्षिय छोरी रहेका छन। बुहारी सम्पर्क बिहिन भएपछि खोजि गरिदिन परिवारले प्रहरीमा निबेदन दर्ता गराई सबैमा आग्रह गरिएको छ ।