बैतडी-मेलौली यहि बैसाख ८ गते शुक्रबारबाट तिन दिन सम्म सञ्चालन निःशुल्क आँखा शिविरको तयारी अन्तिम चरणमा पुगेको छ। बैतडी समाज धनगढी कैलाली, मेलौली नगरपालिका, नेत्रालय प्राली धनगढी र च्याटरी हेल्थ फाउन्डेशनको संयुक्त आयोजना सञ्चालन हुने निशुल्क आँखा शिबिरको तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य शिबिर संयोजक गजेन्द्र बिर चन्दले बताए।
रेडियो मेलौलीको बहस मुलक कार्यक्रम “मेलौली बहस”मा बोल्दै उनले निःशुल्क आँखा शिबिरको तयारी चरणमा पुगेको बताएका हुन। धनगढीबाट शिबिरको पुर्ब तयारीको लागि मंगलबार चार पाच जानको टोली सहित मेलौली आएका उनले बताए। धनगढीबाट हुने तयारी पुरा भएको र शिबिर सञ्चालन हुने ठाउको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
शिबिर सञ्चालन हुने मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र मणिलेक माबिको परिसरको बस्तु स्थितिको बारेमा अनुगमन गरिएको समेत उनले बताए। स्वास्थ्य शिबिरमा सेवा दिने ५०/५५ जानको टेक्नीकल टिमको लागि खान बस्नको ब्यवस्थाको लागि मेलौली नगरपालीकासगं आज समुन्वय गरेर ब्यवस्थापन गर्ने जनाईएको छ।
स्वास्थ्य शिबिर सञ्चालनको लागि ६४/६५ साना ठुलो सघं सस्था र केहि ब्यक्तिको सहयोग रहेको उनले बताए। शिबिरमा खटिने स्वास्थ्यक्रमि र ब्यक्तिहरु निुःशुल्क रुपमा खटिने समेत उनले बताएका छन।
शिबिरमा मोतिबिन्दु, जलविन्दु, आँखामा मासु पलाएको समस्याको पनि उपचार हुने मेलौली नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले बताए। निःशुल्क स्वास्थ्य शिविरमा सहभागि भई आफनो आँखाको उपचार गराउन पालिकाबासी सम्पुुर्ण नागरिकलाई पालिकाले आग्रह गरेको छ।
यस्तै स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नसा रोग चिकित्सा, प्रसुती तथा स्त्री रोग, बालरोग, दन्त रोग, छाला तथा यौन कुष्ठ रोग रोगको उपचार हुने स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिए। शिबिरमा छिमेकी पालिका शिवनाथ सगै पञ्चेश्वर गाउपालिकासगै छिमेकि जिल्ला डडेल्धुराको अजयमेरु र भागेश्वर गाउपालिकाबाट पनि स्वास्थ्य परिक्षण लागि विरामी आउन सक्ने अनुमान गरिएको छ।
निःशुल्क स्वास्थ्य शिबिर सम्बन्धि सुचनाहरु-

