बैतडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह भोलि बैतडी आउने भएका छन् । मुख्यमन्त्री शाहले बैतडी जिल्ला स्थित कार्यालय प्रमुखहरुको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सो बैठक भोली दिउँसो ४ बजे बस्ने छ ।
यस्तै मुख्यमन्त्री शाहले सीमा नाका झुलाघाटको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बोहराले बताए ।
यसैगरी मुख्यमन्त्री शाहले मेलौलीमा आयोजना हुन गइरहेको बृहत स्वास्थ्य शिविरको समेत उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । बैतडी समाज कैलालीको आयोजना र मेलौली नगरपालिकाको समन्वयमा सञ्चालन हुने स्वास्थ्य शिविर तथा पर्यटन प्रवद्र्धन गोष्ठीको मुख्यमन्त्री शाहले उद्दघाटन गर्ने कार्यक्रम तय भएको छ ।