सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा आज पानी पर्ने सम्भावना

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा आज पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद्का अनुसार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ। यस्तै, आज बेलुकीपख बाग्मती र कोही प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने मौसमविद् गोविन्द झाले बताउनुभयो।

हिजो पनि ताप्लेजुङ, जोमसोम, दार्चुला, डडेल्धुरा लगायत केही ठाउँमा पानी परेको थियो । हिजोदेखि स्थानीयसँगै पश्चिमी वायुको प्रभाव परेको छ। अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ।

मौसमविद् गोविन्द झाका अनुसार पश्चिमी वायुको प्रभाव पश्चिमी क्षेत्रमा धेरै परेको छ। देशभर भने फैलिन बाँकी छ। भोलि भने यो प्रणालीको प्रभाव देशभर पर्ने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो। उहाँका अनुसार मौसम बदली भए पनि काठमाण्डौमा भने तत्काल पानी पर्ने सम्भावना छैन।

Leave A Reply

Your email address will not be published.