मेलौलीमा कार्यबाहक वडा अध्यक्षको जिम्मेबारी जेष्ठ सदस्यलाई दिनुपर्ने

बैतडी-मेलौलीमा कार्यबाहक वडा अध्यक्षको जिम्मेबारी वडा समितिको जेष्ठ सदस्यलाई दिनुपर्ने निर्देशन दिईएको छ। नगरपालीकाले शुक्रबार एक सुचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

वडा अध्यक्षहरुले कार्यबाहक वडा अध्यक्षको जिम्मेबारी प्रदान गरेको जानकारी नगरपालीकालाई नहुने गरेकाले पालिकाले यस्तो निर्देनश दिएको हो। अबबाट कार्यबाहक वडा अध्यक्षको जिम्मेबारी वडा समितिको जेष्ठ सदस्यलाई दिई नगरपालीका र जिल्ला प्रशासन कार्यालयमा जानकारी दिनुपर्ने जनाइएको छ।

अधिकृत सपना कार्किद्धारा हस्ताक्षरित सुचना अनिबार्य रुपमा कार्यान्वयन गर्न सबै वडालाई निर्देशन गरिएको हो।

नगरपालीकाद्धारा जारी गरिएको सुचना!

Leave A Reply

Your email address will not be published.