डडेल्धुराको अजयमेरुमा एकिकृत स्वास्थ्य शिबिर सम्पन्न भएको छ। गाउपालिकाको आयोजनामा वडा नम्बर ५ को देबल स्वास्थ्य चौकिमा शनिबार एकिकृत स्वास्थ्य शिबिर सम्पन्न भएको गाउपालिका उपाध्यक्ष बसन्ती पालले बताए।
डडेल्धुरा अस्पताल डडेल्धुरा र के.जि हस्पिटल प्रा.लि धनगढिको प्राबिधिक सहयोगमा शिबिर सम्पन्न भएको वडा अध्यक्ष राज पालले बताए। शिबिरबाट करिब ४९५ जनाले सेवा लिएका छन। जसमा ६५ प्रतिशत महिला र ३५ प्रतिशत पुरुषले सेवा लिएको वडा अध्यक्ष पालले बताए
शिबिरमा नासा सम्बन्धि, महिलाका बिभिन्न समस्या, आखामा समस्या भएका र दात सम्बन्धि समस्या भएका ब्यक्तिहरुले सेवा लिएका थिए। आखा सम्बन्धि समस्या भएका करिब एकसय भन्दा बढिलाई चस्मा बितरण गरिएको र गहिरो समस्या भएका नागरिकहरुलाई गाउपालिकाकै आखा अस्पतालमा निःशुल्क उपचार गरिने वडा अध्यक्ष पालले बताए।
शिबिरमा आएका सम्पूर्ण नागरिकहरुलाई सम्बन्धित समस्याको औषधि र परामर्श प्रदान गरिएको गाउपालिका उपाध्यक्ष पालले बताए। शिबिरमा गाउपालिका भन्दा बाहिरका नागरिकहरुले पनि सेवा लिएका थिए।
स्थानिय स्तरमै बिशेषज्ञ टोलिबाट स्वास्थ्य उपचार गर्न पाएको नागरिकहरु हर्षित भएका थिए।