बैतडी घर भएका पेलाको ‘हेर दिन ढल्यो’ बोलको गीत सार्वजनिक

बैतडी-बैतडी घर भएका शास्त्रीय संगीतका साधक तथा गायक तिलकसिंह पेलाको नयाँ गीत सार्वजनिक भएको छ। ‘हेर दिन ढल्यो’ बोलको गीत लिएर गायक पेला दर्शक/स्रोतामाझ पुनःआएका हुन्।

शास्त्रीय संगीतको स्वादमा रहेको गीत पेलाको आफ्नै युट्युब च्यानलमा अपलोड गरिएको छ। यसअघि पेलाको स्वरमा रहेको ‘के लत बस्यो’गजल चर्चाको शिखरमा पुगेको थियो।

उनका दाइ कृष्णसिंह पेलाले लेखेको गीतलाई तिलक पेला आफैँले संगीतबद्ध गरेका हुन्। गीत पेलाकै चेला रिदम कँडेलले एरेन्ज गरेका हुन्।

यो गीतले पनि दर्शकको तारिफ पाइरहेको छ। पेलाको स्वरमा रहेको यो गीत धेरैले रुचाएका छन्।

२०५३ सालमा आफ्नै स्वर तथा संगीतमा ’आँसु’ एल्बम ल्याएका पेलाले २०५४ सालमा ‘आँसु भाग–२’ सार्वजनिक गरेका थिए। २०६१ सालदेखि काठमाडौं वनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशाला खोलेर शास्त्रीय संगीत पढाइरहेका उनले तीन वर्षअघि आँसु एल्बमकै तेश्रो भागका रूपमा ’निर्जन किनार’ एल्बम ल्याएका थिए।

पेलाले डोटेली गीत समेत गाएका छन् ।

Leave A Reply

Your email address will not be published.