डडेल्धुरा– डडेल्धुराको उग्रतारा मन्दिरमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार गएराति साढे १ बजे चोरी भएको हो ।
कार्यालयका प्रमुख प्रहरी नायक उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार चाँदीको माला, चाँदीको मुकुट लगायतका सामान चोरी भएको छ ।
डिएसपी भट्टसहित प्रहरी टोली मन्दिर पुगि अनुसन्धान गरिरहेका छन् ।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर सांकीले चाँदीका पुजाका सामान चोरी भएको बताएका छन् । मन्दिरमा सिसी क्यामेरा जडान गरिएको भए पनि पूर्ण रुपमा सञ्चालनमा भने नरहेको प्रहरीले जनाएको छ ।