बैतडी-उग्रतारा-मेलौली सडकखण्डको जिरो पोईन्ट नौंघर चौराही देखि मेलौली भगवति मन्दिर गेटसम्मको सडक फराकिलो बनाउने कार्य सुरु भएको छ। मेलौली नगरपालिका–०१ अन्तरगंत पर्ने जिरो पोईन्ट नौंघर चौराही देखि मेलौली भगवति मन्दिर गेटसम्मको सडक फराकिलो बनाईने कार्य शनिबारदेखि सुरु भएको वडा अध्यक्ष शरद सिह नेगिले बताए।
मेलौली नगरपालिकाको यस आर्थिक बर्षमा सञ्चालित मेलौली भगवती मन्दिर फोहरमैला व्यवस्थापनको सडक सुधार अन्तरगंत सडक फराकिलो बनाईन लागेको हो। सडकको बिच पोईन्टबाट ३ मिटर दाया र ३ मिटर बाया फराकिलो बनाईने जनाइएको छ।
नगर प्रमुख भिम बहादुर चन्द, प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद जोशि, वडा अध्यक्ष शरद सिह नेगि लगायत बिभिन्न ब्यक्तिको सहभागितामा सडक फराकिलो बनाउने कार्य सुरु भएको हो। मन्दिरको बाटोमा ढल निकास तथा सडक स्तरोन्नति कार्यमा सहयोग गरिदिन सम्पूर्ण वडाबासिमा वडाले आग्रह गरेको छ।