बैतडीमा बस दुर्घटना,पाँच जना घाइते

दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको अनारखोलीमा बस दुर्घटना हुँदा कम्तीमा ५ जना घाइते भएका छन्। नेपालगन्ज मेडिकल कलेजको भे १ क ३१८ नम्बरको बस राति सवा १० बजे अनारखोलीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर कम्तीमा ५ जना घाइते भएका छन्।

घाइतेको परिचय खुल्न सकेको छैन्। ओरालो सडकमा ब्रेक फेल भएको बस सडककै भित्तामा ठोक्कीएको हो। स्वास्थ्य शिविरका लागि दार्चुला जाँदै गरेको उक्त बसमा १७ जना सवार रहेका थिए।

प्रहरीको टोली घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.