बैतडीको दोगडाकेदार गाउँपालिकाले गुनासो सुन्न ल्यायो टोलफ्री नम्बर सञ्चालनमा

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाले टोलफ्री नम्बर सञ्चालनमा ल्याएको छ । पालिकाबासीका गुनासो सुन्न गाउँपालिकाले पैँसा नलाग्ने टोलफ्री नम्बर सञ्चालनमा ल्याएको हो ।

बिहीबारबाट टोलफ्री नम्बर सञ्चालन गरिएको गाउँपालिकाका सूचना अधिकारी प्रयाग राज पन्तले जानकारी दिए । फोन गर्दा पैँसा नलाग्ने १८१०५०००४२२ नम्बरको टोलफ्री नम्बर सञ्चालन गरिएको उनले बताए । यसमा कल गरेर नागरिकहरुले गाउँपालिकाबाट प्रदान हुने सेवाका बारेमा जानकारी लिनुका साथै गुनासो समेत टिप्न सक्ने छन् ।

नागरिकहरुको सहजताका लागि टोलफ्री सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र बहादुर धामीले बताए । यस्तै दोगडाकेदार गाउँपालिकाले अडियो नोटिस बोर्ड सेवा सूचारु पनि सुरु गरेको छ । १६१८०७०७०९५०३ नम्बर डायल गरि अडियो नोटिस बोर्ड सेवा सुन्न सकिने गाउँपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.