चर्चित देउडा गायक महेश कुमार औजीको स्वरमा रहेको “लैजा परान” सार्वजनिक

बैतडी–चर्चित देउडा गायक महेश कुमार औजीको स्वरमा रहेको “लैजा परान”गीत सार्वजनिक भएको छ ।औजीकै शब्द तथा सङ्गीतमा रहेको उक्त गीत शनिबार देउडा दर्पण युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।
पछिल्लो समयदेखि सुदूरपश्चिमको कला संस्कृतिलाई गीतहरूको माध्यमबाट जगेर्ना आइरहेका देउडा गायक औजीले यो गीतलाई पनि दर्शक तथा श्रोताको माया पाउनेमा विश्वस्त रहेको बताए।
उनले आफ्नो सांगीतिक यात्रा २०५५ सालबाट शुरु गरेका हुन । लोकप्रिय गायक औजीले विशेष गरी आफ्ना गीतहरुमा स्वयं नै शब्द रचना र लय गर्दै आएका छन । यसैगरी उनले हालसम्म ५०० वटा गीतहरु बजारमा ल्याइसकेको बताए ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

1 Comment
  1. Saroj Chand says

    उडन्छै की न्याउली चडी बिनायक का बन!
    जीउ भयो माछीको काँणाे सम्झी रन्छ मन!!
    टेक्टर चल्या बिनायक मा रेल चल्या देशमा!
    म आउला तिम्रो दिलमा पुतली का भेस मा!!
    उच्चा डाँडा निच्चा होइग्या प्यारी देखि जाउ !
    प्यारी तिम्रो दिलमा मेरो नाम लेखि जाउ!!
    हरिया दाना सुन्दर बिनायक बनमा!
    प्यारी तिम्रो माया जिन्दगी को मनमा!!
    म पन्चेश्वर ४ बिनायक बाट
    सरोज चन्द

Leave A Reply

Your email address will not be published.