बाजुराको जगन्नाथ गाउँपालिकाकी निवर्तमान उपाध्यक्षको निधन

बाजुरा -बाजुराको जगन्नाथ गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष ऐना गिरीको निधन भएको छ । २०७४ सालको स्थानीय निर्वाचिनमा विजयी गिरीको शनिबार निधन भएको हो ।

नेकपा एमालेकी जिल्ला कमिटी सदस्य समेत रहेकी गिरी एक्कासी बेहोस भएपछि उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

गिरी नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन ।

Leave A Reply

Your email address will not be published.