कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय प्रताप खुनाको करेन्ट लागेर शनिबार राति ज्यान गएको प्रहरीले जनाएको छ ।

हावाहुरीले विद्युतको पोल ढल्दा साइकलमा यात्रा गरिरहेका उनलाई मछेली नदी किनारमा करेन्ट लगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्यबहादुर शाहीले बताए।

उनका अनुसार अहिले प्रहरी र जनप्रतिनिधिको टोली घटना स्थलमा छ। स्थानीयले क्षतिपूर्ति, मृतका परिवारलाई रोजगारी र विद्युत पोलहरु व्यवस्थित गर्नुपर्ने माग राखेका छन्। मृतकको शव घटनास्थलमै राखिएको छ।

Leave A Reply

Your email address will not be published.