गोरखापत्र महाप्रबन्धक ऐरी सम्मानित

डडेल्धुरा- गोरखापत्रको महाप्रबन्धक लाल ऐरी सम्मानित भएका छन् । ३२औं स्थापना दिवसका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले ऐरीलाई सम्मान गरेको हो । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ऐरीलाई दोसल्ला ओढाएर सम्मान गरे ।

पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको र गोरखापत्र संस्थानको महाप्रबन्धक बन्न सफल भएको भन्दै युनियनले स्थापना दिवसमा ऐरीलाई सम्मान गरेको हो ।

Leave A Reply

Your email address will not be published.