डडेल्धुरा कारागारबाट छुटे ३ जना कैदीबन्दी

डडेल्धुरा -गणतन्त्र दिवसको अवसरमा डडेल्धुरा कारागारबाट ३ जना कैदीबन्दी रिहा भएका छन् । दिवसको अवसरमा कारागारबाट २ पुरुष र १ महिला गरी ३ जना कैदीबन्दी रिहा भएका हुन् ।

कारागारबाट कर्तव्य ज्यान मुद्दाका एक महिला, सवारी ज्यान मुद्दाका एक पुरुष र डाका चोरी मुद्दाका एक पुरुषलाई रिहा गरिएको कारागारका जेलेर जितेन्द्र ओझाले जानकारी दिए ।

मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने गरेको निर्णयपछि उनीहरूको रिहा गरिएको ओझाले बताए ।रिहा हुनेमा असल चालचलन भएको, ५० प्रतिशत कैद भुक्तान भएको, मुद्दा अन्तिम भएको र सरकारले प्रतिबन्ध लगाएका १९ प्रकारका मुद्दाबाहेकका कैदीलाई रिहा गरिएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.