भारतमा दुर्घटनामा परि बैतडीका एक जना गम्भीर घाइते

बैतडी– भारतमा मेटरसाईकल दुर्घटना हुँदा बैतडीका एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ बाँसका हरिश विष्ट दुर्घटनामा परेर गम्भीर घाइते भएका हुन् । उनी भारतको हरीयाणा रोतकमा मोटरसाईकल दुर्घटनामा परेर गम्भीर घाइते भएका हुन् ।

घाइते विष्टको टाउकोमा गम्भीर चोटका कारण अचेत अवस्थामा रहेका उनका भतिजा सुरेन्द्र विष्टले जानकारी दिए । गत बैशाख २८ गते राति दुर्घटना परेर काका घाइते भएको उनले बताए ।

रोजगारीका लागि विष्ट दुई महिना पहिले मात्रै भारत गएका थिए । जहान परिवार पाल्न र घरखर्च चलाउन भारत गएका विष्ट अहिले बेहोस अवस्थामा अस्पतालमा छन् । घाइते विष्टको आर्थिक अभावले उपचारमा समस्या भएको छ ।

उनको हरीयाणा रोतकमा रहेको पिजीआई हस्पिटलमा उपचार भैरहेको छ । २० दिन देखि अचेत अवस्थामा रहेका विष्टको उपचारमा अहिले सम्म ३ लाख भारतीय रुपैँया खर्च भइसकेको बताइन्छ । आर्थिक अभावले अब उपचारमा समस्या भएको घाइते विष्टका दाई धोजसिंह विष्टले बताए ।

आफुले कमाएको र अन्य दाईभाईहरुले समेत सहयोग गरेर अहिले सम्म उपचार गराएपनि अब सारै समस्या भएको उनको भनाई छ । भाईको उपचारमा आर्थिक अभाव भएकाले सहयोग गर्न उनले सबैलाई अनुरोध गरेका छन् ।

इच्छुक व्यक्तिले घाइतेका भतिजा सुरेन्द्र विष्टको नाममा रहेको बैतडीको सतबाँझ स्थित नेपाल इन्भेष्टमेण्ट बैंकको खाता नम्बर ०६५०५०५०२६१७१५ मा र भारतका लागि करन सिंह भाटको नाममा रहेको भारतीय स्टेट बैंकको खाता नम्बर ३९०८३४४२५७० मा सहयोग गर्न सक्ने छन् ।

Leave A Reply

Your email address will not be published.