डडेल्धुराको अजयमेरु गाउँपालिका-०२ हालकोटमा होजियारी सम्बन्धि सिप बिकास तालिम सम्पन्न भएको छ। गरिबि निवारणका लागि लगु उद्यम बिकास कार्यक्रम अन्तरगंत तालिम सम्पन्न भएको हो।
आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार भन्ने नाराका साथ ४५ दिने होजियारी सम्बन्धि सिप बिकास तालिम सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष बसन्ति पालले बताए। अजयमेरु गाउँपालिका र उद्योग बिकास शाखा डडेल्धुराको आयोजनामा सञ्चालन भएको तालिम बिहीबार सम्पन्न भएको हो।
तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको गाउपालिका उपाध्यक्ष पालले बताए। तालिमले आफुहरुलाई फाईदा भएको सहभागि महिलाहरुले बताए। आगामि दिनहरुमा पनि यस्तै प्रकारका तालिमहरु सञ्चालन गर्न गाउँपालिकालाई आग्रह गरेका थिए।