डडेल्धुराको भागेश्वर गाउँपालिकाले बार्षिक योजना र कार्यक्रम तथा बजेट पेश गर्न आग्रह गरेको छ। गाउँपालिकाको क्षेत्रभित्र रहेका र गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्न चाहने गैरसरकारी, समाजिक र सामुदायिक सघं संस्थालाई आग्रह गरिएको हो।
आगामि आर्थिक बर्ष २०८०/०८१ को बार्षिक योजना तथा कार्यक्रम तयार पारी जेठ ३० गते भित्र गाउँपालिकाको कार्यालयमा आबेदन दिन सकिने प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए। गाउँपालिकाको बार्षिक योजना, कार्यक्रम तथा बजेटमा समाबेश नभएका कार्यक्रम सञ्चालनको लागि अनुमति प्रदान नगरिने जनाईएको छ।
गाउँपालिकाद्धारा जारी गरिएको सुचना ।
