डडेल्धुराको भागेश्वर गाउँपालिकामा बजार अनुगमन गरिएको छ। गाउँपालिका, स्थानिय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजनको सयुंक्त अनुगमनको टोलीले शुक्रबार बजार अनुगमन गरको हो।
वडा नम्बर ५ को सिराड, बुर्सा र खानी डाडाँ र वडा नम्बर २ को सिडा, रुइनबाटा र बयलपाटका १७ पसलहरुमा अनुगमन गरिएको भागेश्वर गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत खगेन्द्र भारतीले बताए।
उनका अनुसार बजार अनुगमनका क्रममा म्याद नाघेका दैनिक उपभोग्य वस्तु नष्ट गरेको उनले बताए। अनुगमनका क्रममा ७ हजार १८० बराबरका म्याद नाघेका सामान जफत गरि नष्ट गरिएको हो।