बैतडीमा जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका १ का २१ बर्षीय मनोज भट्ट रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
भट्टलाई गत माघमा नाबालिका बलात्कार गरेको आरोप लागेको थियो । घटनालगत्तै भट्ट फरार रहेका थिए । उनीमाथि जबर्जस्तीकरणीको मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।