धनगढी आइरहेको विमानको ढोका खुलेपछि…

धनगढी- धनगढी आउदै गरेको विमानको ढोका एक्कासी खुलेको छ। आज बिहान काठमाडौंबाट धनगढी आउदै गरेको श्री एयरलाईन्सको विमानको एक्कासी ढोका खुलेको हो।

ढोका खुल्दा ३० मिनेट आकाशमा उडाएर विमान पुनः काठमाडौैं फर्किएको जनाइएको छ। विमानमा रहेका यात्रु सकुसल रहेको जनाइएको छ। विमानको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। विमान त्रिभुवन विमानस्थललमा अवतरण भएको उनले बताए।

Leave A Reply

Your email address will not be published.