मेलौलीमा तिन महिने मोबायल मर्मत तथा ब्युटीसियन सिप बिकास तालिम सम्पन्न

बैतडी-मेलौली नगरपालिका-०२ मा तिन महिने मोबायल मर्मत तथा आधारभुत ब्युटीसियन सिप बिकास तालिम सम्पन्न भएको छ। वडाको सहयोगमा आधारभुत ब्युटीसियन सिप बिकास तालिम र घरेलु तथा साना उद्योग कार्यालय बैतडीको सहयोगमा मोबायल मर्मत तालिम सम्पन्न भएको वडा अध्यक्ष कृष्ण दत्त भट्टले बताए।

आधारभुत ब्युटीसियन सिप बिकास तालिममा १० जना महिला र मोबायल मर्मत तालिममा २ जना महिला र ८ जना पुरुषको सहभागिता रहेको वडा अध्यक्ष भट्टले बताए। आधारभुत ब्युटीसियन सिप बिकास तालिमले आफुहरुलाई फाईदा भएको सहभागि महिलाहरुले बताए। आगामि दिनहरुमा पनि यस्तै प्रकारका तालिमहरु सञ्चालन गर्न वडालाई आग्रह गरेका थिए।

मोबायल मर्मत तालिममा धेरै कुरा सिक्ने अवशर मिलेको सहभागि हरुले बताए। आउदा दिनहरुमा पनि यस्तै खालका तालिमहरु सञ्चालन गर्न तालिममा सहभागिहरुले घरेलु तथा साना उद्योग कार्यालय बैतडीलाई अनुरोध गरेका थिए।

Leave A Reply

Your email address will not be published.