बझाङको सुर्मा गाउँपालिकाका वडा अध्यक्ष बोहराको निधन

बझाङ -बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष सर्जन बोहराको मृत्यु भएको हो । ३८ वर्षको उमेरमा गएराति उनको निधन भएको हो।

आफन्तका अनुसार उनलाई मधुमेह र कलेजोलगायतसम्बन्धी समस्या थियो। केही समय अघिदेखि बिरामी रहेका बोहरा उपचारका लागि नेपालगञ्ज गएका थिए। चिकित्सककै सल्लाहमा घर फर्केकै केही दिनमा उनको निधन भएको हो।

बोहरा २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। पालिकाभर एमालेबाट निर्वाचित हुने उनी एकमात्र वडाध्यक्ष हुन्।

Leave A Reply

Your email address will not be published.